देशभर थप १२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त, २५ को मृत्यु

देशभर थप १२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त, २५ को मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १२ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ

त्यस्तै, देशभर १४ सय ४ जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा १७ हजार ९०९ जना सक्रिय संक्रमितहरू छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप २५ संक्रममितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेहरूको कुल संख्या १४ सय ७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार ८ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १७ लाख २७ हजार ८३६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : आइतबार, मंसिर १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij