संसदीय मामिला पत्रकार प्रदेश ५ मा नयाँ नेतृत्व

संसदीय मामिला पत्रकार प्रदेश ५ मा नयाँ नेतृत्व

बुटवल । संसदीय मामिला पत्रकार समाज प्रदेश नम्बर पाँच गठन भएको छ । शुक्रबार बुटवलमा भएको प्रथम अधिवेशनले विष्णु प्रसाद घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा अमृता अनमोल (कान्तिपुर), महासचिव सीपी खनाल (दैनिक पत्र), सचिव ओम पंगेनी (दैनिक लुम्बिनी) र कोषाध्यक्षमा लक्ष्मण पोखरेल (अन्नपूर्ण पोष्ट) रहेका छन् ।

त्यस्तैगरी टोपराज शर्मा (अनलाइन खवर) प्रकाश आचार्य (मेचीकाली दैनिक), विनोद परियार (नागरिक), मिलन गाहा (नेपाल टिभी), प्रकाश खनाल (गौतमबुद्ध सन्देश), विकास पराजुली (लुम्बिनी टिभी), दिपक घिमिर (लुम्बिनी पोष्ट), सरिना मरासिनी (बुद्ध टिभी), अस्मिना पाण्डे (रेडियो मुक्ति), केशव भण्डारी (इमेज टिभी) रहेका छन् । समितिको सल्लाहकारमा भरत केसी, डिआर घिमिरे र यामलाल भुसाल रहेका छन् ।

कार्यक्रममा सल्लाहकार तथा नेपाल पत्रकार महासंघ प्रदेश पाँचका उपाध्यक्ष भरत केसी, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रदीप आचार्य, सल्लाहकार यामलाल भुसाल लागयतले बोलेका थिए । समाजका अध्यक्ष विष्णु घिमिरेको अध्यक्षता, उपाध्यक्ष अमृता अनमोलको स्वागत तथा महासचिव सीपी खनालको स्वागतमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij