नेपाली कांग्रेसद्वारा शोक सभा, १३ औं पुण्यतिथीमा रक्तदान गर्ने

नेपाली कांग्रेसद्वारा शोक सभा, १३ औं पुण्यतिथीमा रक्तदान गर्ने

 

बुटवल– नेपाली कांग्रेस देवदह नगरसमितिले देवदहका सामाजिक अगुवा तथा देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकाललाई पुत्र शोक परेकोमा आईतबार शोक सभा गरेको छ । ढकालका छोरा स्व निरजको ७ औं दिनको पुण्यतिथीमा कांग्रेसले शोक सभा गरेको हो । शोक सभामा बोल्दै कांग्रेस रुपन्देहीका सभापति तथा पुर्वमन्त्री अब्दुल रज्जाकले निरजको निधनले समाजलाई नै स्तब्ध बनाएको बताउनुभयो । उहाँले पछिल्लो समय सडक दुर्घटनामा परि युवाजमातले अकालमै ज्यान गुमाउनु दुखद् विषय भएको उल्लेख गर्दै सडक नियमको पालना गर्न सचेत युवाको ध्यान केन्द्रीत हुन जरुरी रहेको बताउनुभयो । सो अवसरमा सभापति रज्जाकले शोककुल परिवारजनमा समवेदना प्रकट गर्दै निरजको आत्माको चिरशान्तिको कामना गर्नुभयो । यस्तै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले समाज विकासका सम्भाहक युवाहरु सडक दुर्घटनामा परि अल्पायुमै ज्यान गुमाउदा राज्यलाईनै ठुलो क्षति भएको विचार राख्दै परिवारजनमा समवेदनमा प्रकट गर्नुभयो । कांग्रेस देवदह नगरसभापति गुनाखर भुर्तेलको अध्यक्षता तथा सचिव अर्जुन पोखरेलको संचालनमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले परिवारजनमा परेको बज्रपातलाई सहन गर्ने शक्ति मिलोस् भन्दै कामना गरेका थिए ।

यसैबीच देवदहका विभिन्न ब्यवसायिक तथा समाजिक संघसंस्थाहरुले पनि गोपाल ढकाललाई पुत्र शोक परेकोका दुःख ब्यक्त गरेका छन् । देवदह उद्योग बाणिज्य संघ, देवदह ब्यापार संघ र उद्योग ब्यापार संघ देवदहले संयुक्त शोक वक्तब्य निकालेर निरजको निधनले मर्माहत बनाएको बताएका छन् । आईतबार उनीहरुले संयुक्त शोक वक्तब्य निकालेर परिवारजनमा समवेदनमा प्रकट गरेका हुन् । देवदह उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष प्रमोद खनाल, उद्योग ब्यापार संघ देवदहका अध्यक्ष गणेश खाती र देवदह ब्यापार संघका अध्यक्ष कोश बहादुर गुरुङ्गले संयुक्त रुपमा शोक वक्तब्य निमालेर निरजको आत्माको शान्तिका कामना र शोकाकुजु परिवारजनमा समवेदना प्रकट गरेका हुन् । १८ वर्षिय निरजको सडक दुर्घटनामा परि मंसिर १५ गते देवदहको भलुहीमा निधन भएको थियो । यस्तै नेपाल रेडक्रस सोसाईटि र नेपाल नियमित रक्तदाता समाजका आजीवन सदस्य समेत रहेका स्वर्गिय निरजको १३ आंै दिनको पुण्य तिथीमा मंसिर २७ गते तिदुई संस्थाले खुल्ला रुपमा रक्रदान कार्यक्रमको आयोजना गरेको देवदह उद्योग बाणिज्य संघका महासचिव हरि भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, मंसिर २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij