काठमाडौं -नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १६ सघ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारीअनुसार थप २० संक्रमितको मृत्यु भएसँगै नेपालमा कूल मृतकको संख्या १६ सय १४ पुगेको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार १४ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको कूल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।
हालसम्म नेपालमा १७ लाख ९० हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालको हालको सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ हो भने हाल ५ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्