भैरहवा-लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले १३ औ राष्ट्रिय निर्माण दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
सघ ले निर्माण दिवस का अवसर मा भैरहवा मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगत को अभाव मा कसै ले पनि अकाल मा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्य ले रक्तदान आयोजना गरिएको लुम्बिनी निर्माण व्यवसायी सघ रुपन्देही का अध्यक्ष विनय ज्ञवाली ले बताउनु भयो ।
रक्तदान मा सघ का पदाधिकारी, सदस्य, सल्लाहकार लगायत २५ जना ले रक्तदान गरेका थिए ।

यसैगरी सघ ले रुपन्देही बसन्तपुर मा रहेको सत्य साई बृद्ध आश्रम मा चामल, दाल, तेल लगायत का खाधान्न सामाग्री हस्तान्तरण गरेको सघ का कोषाध्यक्ष प्रितम रौनियार ले बताउनु भयो ।
नेपाल निर्माण व्यवसायी महासघ का उपाध्यक्ष टोप बहादुर रायमाझी, सघ का अध्यक्ष विनय ज्ञवाली, निवर्तमान अध्यक्ष दामोदर शर्मा, सल्लाहकार उज्जवल पोखरेल, सल्लाहकार मन्जु भुषाल,सल्लाहकार युवराज तिमिल्सीना, शाखा अध्यक्ष सहदेव खडका शाखा सचिव बुद्धी थापा ले आश्रम की अध्यक्ष माया खरेल लाई उक्त खाधान्न हस्तान्तरण गर्नु भएको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्