बुटवल । सिद्धार्थ राजमार्गको रुपन्देही तिलोत्तमा नगरपालिकामा स्पीड ब्रेकर राखिएको छ ।
तीव्र गतिका कारण सडक दुर्घटना बढेपछि ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको सहकार्यमा सिक्सलेन सडकको तिलोत्तमा नगरपालिका अन्तर्गत् पर्ने जानकीनगर र सीता राइस मिल चोकमा स्पीड ब्रेकर राखिएको हो ।
यसलाई परीक्षणका रुपमा राखिएको र प्रभावकारी भएमा अन्यत्र पनि विस्तार गर्ने तयारी छ ।
ब्रेकर राख्नेक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र ट्राफिक प्रहरी अधिकारीहरुको उपस्थिति थियो ।


प्रकाशित मिति : शनिबार, मंसिर २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्