कांग्रेसले भैरहवामा गर्ने प्रर्दशनको तयारी पुरा: सुरेन्द्र पाण्डे र भरत शाहले सम्बोधन गर्ने

कांग्रेसले भैरहवामा गर्ने प्रर्दशनको तयारी पुरा: सुरेन्द्र पाण्डे र भरत शाहले सम्बोधन गर्ने

अनिर्वाय मास्कको प्रयोग गर्न अपिल

बुटवल – नेपाली कांग्रेसको केन्द्रिय कार्यक्रम अनुशार मंसिर २९ गते हुने प्रर्दशनको रुपन्देहीमा पनि तयारी पुरा भएको छ । रुपन्देहीको सदरमुकाम भैरहवामा हुने प्रर्दशनका लागि आवश्यक सबै तयारी पुरा भएको जिल्ला सभापती अब्दुल रज्जाकले बताउनु भयो ।
भैरहवाका विभिन्न स्थानको परिक्रमा पछि सभामा परिणत हुने प्रर्दशनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विरोध सभालाई प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापती तथा नेपाली कांग्रेसका नेता भरत शाहले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । केन्द्रिय नेताहरु आइृतबार नै रुपन्देही आईपुगेको सभापती रज्जाकले जानकारी दिए । विहान ११ बजेबाट शुरु हुने कार्यक्रममा नेपाली कांग्रेसका १६ वटै स्थानिय तहवाट विरोध जुलुस सहित कार्यकर्ताहरु भैरहवामा आउने बताईएको छ ।
वर्तमान सरकारले गरेको भ्रष्टाचार, अधिनायकवाद र जनताको भावनाविपरितका कामको भण्डाफोर गर्दै कांग्रेसले प्रर्दशन गर्न लागेको हो । लुम्बिनी प्रदेशको मुकाम रहेको रुपन्देहीमा हुने प्रर्दशनलाई निकै शशक्त बनाउन भन्दै प्रतेक वडा सम्म भेला र वैठक गरिएको कांग्रेसका जिल्ला सचिव रामकृष्ण खांणले बताए । अनिवार्य मास्क प्रयोग गर्दै विरोध प्रर्दशन गर्न कांग्रेस रुपन्देहीले कार्यकर्ताहरुलाई सर्कुलर गरेको छ । वर्तमान सरकारका विरद्धमा राजावादीहरुले समेत प्रर्दशन गरिरहेकमा वेला नेपाली कांग्रेसको प्रर्दशनलाई पनि विशेष समहत्वका साथमा हेरिएको छ । साथै प्रर्दशनको पुर्वसन्ध्यामा आइृतवार नेपाल विद्यार्थीसंघले विरोध प्रर्दशनको आयोजना गरेको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij