प्रम ओली भ्रष्टाचारीका नाइके हुन :काँग्रेस नेता पाण्डे

प्रम ओली भ्रष्टाचारीका नाइके हुन :काँग्रेस नेता पाण्डे

सरकारको कार्यशैलीप्रति आक्रोश

बुटवल, मंसिर २९ (जनता टुडे)सरकार भ्रष्टाचार,कुशासन र अधिनायकबादमा लिप्त भएको भन्दै नेपाली काँग्रेसले सोमबार देशैभर बिरोध प्रदर्शन गर्यो । सरकारको सर्बसत्ताबाद प्रबृति,कोभिड १९ नियन्त्रणमा असफलता,स्वास्थ्य सामाग्री खरिद लगायतका अनियमितता,राज्य आतङ्क,चर्को मुल्य बुद्धि,भ्रष्टाचार,महिला हिंसा र कुशासन बिरुद्ध देशका ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गरीएको हो ।
काँग्रेस रुपन्देहीले पनि आज भैरहवामा सरकार बिरुद्ध बिशाल प्रदर्शन गर्यो । भैरहवाको बुद्धचोकमा भएको बिरोध सभामा बोल्ने काँग्रेस नेताहरुले दुइ तिहाइको सरकार इतिहासकै भ्रष्टाचारी, असफल र निकम्मा साबित भएको दावी गरे । बिरोध सभालाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले ओली सरकार इतिहासमै सबैभन्दा भ्रष्ट र नालायक सावित भइसकेको बताउनु भयो । सरकारकै संरक्षणमा भ्रष्टाचार मौलाएको भन्दै उहाँले प्रधानमन्त्री ओली नै भ्रष्टाचारीको नाइके भएको दावी गर्नुभयो । ‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने प्रम ओलीज्यु प्रिन्टिङ प्रेस खरिदमा अर्बौ भ्रष्टाचार गर्ने तपाइका कनिष्ट पुत्र गोकुल बास्कोटा, बालुवाटारको सरकारी जग्गा हडप्ने बिष्णु पौडेल सहितका भ्रष्टाचारीलाइ तपाइले संरक्षण गरीरहनु भएको छ । त्यसैले तपाइ नै भ्रष्टाचारीको मुख्य नाइके हो’ नेता पाण्डेले भन्नुभयो । राष्ट्रपती बिद्यादेवि भण्डारीले गरीमामय संस्थाको दुरुपयोग गरी राजनीति गरेको भन्दै उहाँले राष्ट्रपतिबाट राजीनामा दिएर नेकपाको उपाध्यक्ष बन्न आग्रह गर्नु भयो ।
‘राष्ट्रपतिजी कम्युनिष्टकै राजनीति गर्नु छ भने पहिले राष्ट्रपतिबाट राजीनामा दिनुस र नेकपाको उपाध्यक्ष बन्नुस’ पुर्व सांसद समेत रहनु भएका पाण्डेले भन्नु भयो ।
काँग्रेस नेता तथा र्साबजनिक लेखा समिति सभापती भरत शाहले ओली सरकारलाइ देशद्रोहीको संज्ञा दिनुभयो । ‘रोग भोक र शोकले जनता आक्रान्त भएका बेला अर्बौ रुपैँया भ्रष्टाचार गरी आफना नेता कार्यकर्ता पोष्ने सरकार देशद्रोही नभएर के हो त ?’ नेता शाहले भन्नुभयो ।
नेकपा भित्रको लडाइ सैद्धान्तिक नभइ भ्रष्टाचार गरीएको सम्पत्तीको भागबण्डाकालागि भएको दावी उहाँको छ । अर्बौका भ्रष्टाचारमा संलग्नलाइ कारबाहीकालागि लेखा समितिले दिएको निर्देशनलाइ लत्याएर सरकारले भ्रष्टाचारी संरक्षण गरेको भन्दै उहाँले अब पनि नसच्चीए कम्युनिष्टहरु पतन भएर जाने बताउनु भयो । राष्ट्रपति कार्यालयलाइ नेकपाको पार्टी कार्यालय बनाइएको भन्दै पुर्व राज्य मन्त्री समेत रहनु भएका सांसद शाहले समयमै सच्चीन राष्ट्रपतिलाइ चेतावनी दिनुभयो ।
संबैधानिक अंगहरुलाइ कमजोर बनाएर सरकारले अधिनायकबाद लादेको र सरकारकै कारण राजबादीहरुले टाउको उठाउन खोजेको आरोप नेता शाहको छ ।
किसानलाइ मल उपलब्ध गराउन नसक्ने कृषिमन्त्री घनस्याम भुसाल र मन्त्री पदसंग प्रदेश राजधानी साट्ने अर्थमन्त्री बिष्णु पौडेललाइ अब रुपन्देहीका जनताले कुनै हालतमा नपत्याउने उहाँले दावी गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,पुर्व सभापती रामचन्द्र ढकाल,प्रतिनिधि सांसद प्रमोद यादव,संविधान सभा सदस्य इस्तियाक अहमद खाँन,क्षेत्रीय सभापती हिराबहादुर खत्री,सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने,काँग्रेस रुपन्देहीका उपसभापती सरीता चौधरी सचिव रामकृष्ण खाँण लगायतले बोल्दै सरकारको भ्रष्टाचार,कुशासन र अधिनायकबादका बिरुद्ध सडकमा उत्रनु परेको बताउनु भयो । वक्ताहरुले काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल माथि तनहुँमा भएको ज्याजतीको बिरुद्ध चर्को बिरोध पनि गरे । संवैधानिक अधिकार र मर्यादा उल्लङघन गर्ने छुट सुरक्षा र प्रशासन प्रमुखहरुलाइ नभएको भन्दै कानुनको परिधि भित्र रहन चेतावनी दिए ।
बिरोध प्रदर्शनकालागि १६ वटै पालिकाबाट काँग्रेसका हजारौं नेता कार्यकर्ता भैरहवा पुगेका थिए । भ्रष्टाचारी ओली सरकार मुर्दाबाद, ‘औषधी छैन मल छैन सत्ताको लडाइ लाज छैन?’ भ्रष्टाचारीलाइ कारबाही गर, किसानलाइ मल दे’ लगायतका प्लेकार्ड तथा नारा लगाउदै रयालीले भैरहवा नगर परिक्रमा गरी बुद्ध चोकमा आएर बिरोध सभामा परिणत भएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij