संवैधानिक परिषद् बैठक आज, दाहाल-नेपाल समूहको असन्तुष्टि

संवैधानिक परिषद् बैठक आज, दाहाल-नेपाल समूहको असन्तुष्टि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक भने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेन । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् ।

प्रधानमन्त्री बैठक बोलाएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने असन्तुष्टि जनाएका छन् । स्थायी कमिटीको बैठक चलिरहेका बेलामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिको वातावरण बनाउनुको सट्टा थप विवाद चर्काउन लागेको भन्दै दाहाल-नेपाल समूहले असन्तुष्टि जनाएको हो ।

खाली रहेका पदमा नियुक्तिलाई लिएर प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता शेरबहादुर देउवासँग पटकपटक छलफल गरेका थिए । यद्यपि सहमति भने जुट्न सकेको थिएन । तर, आजको बैठकमा विपक्षीलाईसमेत सन्तुष्ट पार्ने गरी भागबन्डा गरेर संवैधानिक आयोगहरूमा नियुक्तिको तयारी भएको दावी गर्दै दाहाल-नेपाल समूहको असन्तुष्टि आएको हो । यसले पार्टी विवाद थप चर्काउने उनीहरुको चेतावनी छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij