काठमाडौं – काठमाडौंको न्यूनतम तापक्रम मंगलबार यो वर्षकै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो ।
सोमबार ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम मंगलबार एक डिग्री सेल्सियसले घटेको हो । राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको मौसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार राति आकाश खुले जमिन चिसो भएर बिहानको तापक्रम घट्ने गर्छ ।
जुम्लाको तापक्रम भने माइनस ६ मा झरेको छ । चिसो बढ्दै जाँदा देशभरको जनजीवन प्रभावित भएको छ । तराईमा भने हुस्सु लागेपछि चिसो अत्याधिक बढेको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्