नेकपा स्थायी कमिटी बैठक शुरु भयो, ओली उपस्थित भएनन्

नेकपा स्थायी कमिटी बैठक शुरु भयो, ओली उपस्थित भएनन्

'किन आएनन् ओली'

काठमाडौं – अध्यक्ष केपी शर्मा ओलीविनै नेकपा स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री सरकारी निवासमा शुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भने उपस्थित छैनन् ।

बैठकअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई भेटेका थिए । त्यसपछि शुरु भएको बैठकमा स्वयम् ओली अनुपस्थित रहेका हुन् ।

करिब आधा घण्टा ओलीलाई भेटेका दाहालले आजको बैठकलाई सम्बोधन गरेका छन् । यसअघि गत २१ मंसिरबाट शुरु भएको बैठकमा पनि ओली उपस्थित भएका थिएनन् ।

खासगरी हिजो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि चिढिएका नेकपा कमिटी सदस्यहरुले आजको मुख्य एजेण्डाको रुपमा अध्यादेशलाई नै लिएका छन् ।

प्रकाशित मिति : बुधबार, पुष १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij