काठमाडौं – अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर र बोयोटेकको कोरोना खोपको पहिलो डोज लगाएका छन् । उनले खोप लगाएको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
फाइजरको कोरोना खोप सुरक्षित भएको सन्देश अमेरिकी जनतालाई दिन आफूले पहिलो डोज लगाएको बाइडेनको भनाई छ । डेलावेयरको नेवार्कमा खोप लगाएका हुन् । यो खोप कार्यक्रमको श्रेय ट्रम्प प्रशासनलाई दिनुपर्ने उनले बताए । बाइडेनले आफ्नी पत्नी जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएको जानकारी दिएका छन् ।
यसअघि उपराष्ट्रपति माइक पेन्स र अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ की सभामुख नान्सी पेलोसीले पनि खोपको पहिलो डोज लिइसकेका छन् । अमेरिकाले भर्खरै मात्र फाइजरको खोप प्रयोगका लागि अनुमति दिएको थियो । –एजेन्सी
प्रकाशित मिति : मंगलबार, पुष ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्