ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने दाहाल–नेपाल समूहको निर्णय

ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने दाहाल–नेपाल समूहको निर्णय

काठमाडौँ – सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाे स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर उनकाे ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेकाे छ ।

आज (मंगलबार) दिउँसाे करिब १ बजे बबरमहलस्थित कार्की बैङ्क्वेटमा बसेकाे नेपाल-दाहाल पक्षीय बैठकले साे निर्णय गरेकाे हाे । दाहाल र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले लाेकतन्त्रमाथि प्रहार गरेकाे आरोप लगाए ।

स्थायी कमिटी बैठक लगत्तै साेही ठाउँमा नेपाल-दाहाल पक्षकाे केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रकाशित मिति : मंगलबार, पुष ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij