ओलीलाई पार्टी अध्यक्षबाट हटाउने दाहाल–नेपाल समूहको निर्णय

ओलीलाई पार्टी अध्यक्षबाट हटाउने दाहाल–नेपाल समूहको निर्णय

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई दुईतिहाईले केन्द्रीय अध्यक्षबाट हटाउने दाहाल –नेपाल समूहको निर्णय छ । मंगलबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल–वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट ओलीलाई हटाएको घोषणा गरेको हो ।

दाहाल–नेपाल पक्षको बबरमहलमा जारी बैठकमा नेता भीम रावलले ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव पारित भएको हो । दाहाल नेपाल समूहको बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको सहभागी नेताहरुले बताएका छन् ।

ओलीलाई राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टी निर्णय पटकपटक उलंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप प्रस्तावमा छ ।

मंगलबार नै ओली समूहको बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा ओली समूहले साविकको केन्द्रीय कमिटी बैठकलाई विस्तार गरेर १हजार १ सय ९९ सदस्यीय बनाएको छ । उक्त समितिलाई महाधिवशेन आयोजक कमिटी भनि नाम राखिएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij