काठमाडौं –नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । मंगलबारदेखि जारी केन्द्रीय समिति बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि आवश्यक रणनीति तय गर्न बैठक बोलाइएको थियो । आजको बैठकले सरकारका कदमविरूद्ध आन्दोलनका कार्यक्रम ल्याउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले आजको बैठकले देशव्यापी विरोध प्रदर्शनबारे ठोस निर्णय लिने शर्माको भनाई छ ।
बैठकले यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापीरुपमा मनाउने निर्णय पनि गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको धारणा बनाउन कांग्रेस बैठक मङ्गलबारदेखि जारी छ ।
प्रकाशित मिति : बिहिबार, पुष ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्