ओली पक्षकाे बैठक : प्रचण्डको कार्यकारी अधिकार बदर, सातै प्रदेशमा संयोजक चयन

ओली पक्षकाे बैठक : प्रचण्डको कार्यकारी अधिकार बदर, सातै प्रदेशमा संयोजक चयन

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको केपी शर्मा ओली पक्षले पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको छ ।

ओली पक्षको केन्द्रीय कमिटीको बिहीबारको बैठकले प्रचण्डलाई यसअघिको स्थायी कमिटी र केन्द्रीय कमिटीले दिएको कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो ।

प्रचण्डलाई अध्यक्षबाट नहटाइएको तर कार्यकारी अधिकारको दुरुपयोग गरेकाले अधिकार भने बदर गरिएको ओली पक्षका नेताहरूले बताएका छन् । ओली पक्षले ओलीको मात्रै हस्ताक्षर चल्ने गरी निर्णय गरेर निर्वाचन आयोगमा पत्र पठाइसकेको छ ।

यसैबीच ओली पक्षले विभिन्न प्रदेश र सङ्गठनमा संयोजक नियुक्त गरेको छ । ओली पक्षले प्रदेश १ को संयोजकमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शङ्कर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई संयोजक तोकेको छ ।

यस्तै जनवर्गीय सङ्गठनमा टोपबहादुर रायमाझी र काठमाण्डौ उपत्यकामा कृष्णगोपाल श्रेष्ठलाई अ‍ोली पक्षले संयोजक तोकेको छ ।

प्रकाशित मिति : बिहिबार, पुष ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij