नेपालमा पाँच सय कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप पाँच सय कोरोना सङ्क्रमित थपिएका हुन् । थपिएका सङ्क्रमितमध्ये २१३ महिला र २८७ पुरुष छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । सोही अवधीमा ८ सय ४० जना निको भएका छन् ।
मन्त्रालयका अनुसार देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । सङ्क्रमितमध्ये २ लाख ४९ हजार १३२ जना निको भएका छन् । एक हजार ८ सय १९ जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ७ सय ४९ पुगेको छ ।
प्रकाशित मिति : शनिबार, पुष ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्