कांग्रेस सडकमाः संसद विघटनविरुद्ध देशभर गर्दैछ प्रदर्शन

कांग्रेस सडकमाः संसद विघटनविरुद्ध देशभर गर्दैछ प्रदर्शन

भैरहवामा प्रमुख सचेतक खाँणले सम्बाेधन गर्दै

बुटवल-नेपाली काँग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन शुरु गरेकाे छ । काँग्रेसले संसद बिघटन गर्ने सरकारको कदमविरुद्ध देशका सबै निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शनको आयोजना गरेको हो ।

काँग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिश गरी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेको कदमलाई असंवैधानिक भन्दै विरोध प्रदर्शन गर्दै आएको छ ।

नेपाली काङ्ग्रेस रुपन्देहीले जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनको विरुद्धमा आज बिरोधसभा शुरु भएको छ  । निर्वाचन क्षेत्र नम्बर १ को धकधइमा, निर्वाचन क्षेत्र नम्बर २ को बुटवलमा, क्षेत्र नम्बर ३ को भैरहवामा , निर्वाचन क्षेत्र नम्बर ४ को मझगावामा र ५ नम्बरको सालझण्डीमा बिरोध सभाको आयोजना गरिएको सभापति अब्दुल रज्जाकले नागरिक अनलाइनलाइ बताए ।

सम्पुर्ण काङ्ग्रेस कार्यकर्ता एवम सर्वसाधारणलाइ बिरोधसभामा सहभागी हुन सचिब रामकृष्ण खाँणले आग्रह गरेका छन ।

कस्ले कहाँ सम्बाेधन गर्दैछ ?

सभापति शेरबहादुर देउवा– भक्तपुरको मध्यपुर थिमी 
वरिष्ठ नेता रामचन्द्र पौडेल– तनहुँ
महामन्त्री डा. शशांक कोइराला–नवलपुर
पूर्व महामन्त्री प्रकाशमान सिंह –काठमाडौं, नयाँ बानेश्वर
प्रवक्ता विश्वप्रकाश शर्मा – काठमाडौं, कोटेश्वर 
केन्द्रीय सदस्य नवीन्द्रराज जोशी – काठमाडौं, बसन्तपुर
केन्द्रीय सदस्य गगन थापा– नेपालगञ्ज 

केन्द्रीय सदस्य तथा  प्रमुख सचेतक बालकृष्ण खाँण- रुपन्देही, भैरहवा ।

भैरहवाको बिरोधसभामा काङ्ग्रेस नेता तथा प्रमुख सचेतक बालकृष्ण खाँणले सम्बाेधन गर्दैछन् ।यता बुटवलमा पनि बिराेध प्रदर्शन शुरु भएको छ । अस्पताललाइनबाट बिराेध र्याली सहित बजार परिक्रमा गरेर ट्राफिकचाेकमा आमसभा हुने काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेयले बताए  ।

प्रकाशित मिति : सोमबार, पुष १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij