ओली नसच्चीए कम्युनिष्टहरु छिट्टै पतन भएर जानेछन :काँग्रेस नेता खाँण

ओली नसच्चीए कम्युनिष्टहरु छिट्टै पतन भएर जानेछन :काँग्रेस नेता खाँण

बुटवल –नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको ५ वटै निर्वाचन क्षेत्रमा आज बिरोध सभा तथा प्रदर्शन गरयो । क्षेत्र नं १ को धकधहीमा, २ को बुटवल,३ को भैरहवा, ४ को मझगावामा र ५ को सालझण्डीमा बिरोध सभा सम्पन्न भयो ।
क्षेत्र नं. २ को भैरहवामा भएको बिरोध सभालाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलीक अधिकार खोसेको बताउनु भएको छ । रुपन्देही क्षेत्र न ३ को भैरहवामा भएको बिरोध सभालाइ सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका खाँणले प्रम ओलीले आफुलाइ मालिकको रुपमा प्रस्तुत गर्दै जनताको संवैधानिक तथा मौलीक अधिकारहरु खोसेको आरोप लगाउनु भएको हो । प्रतिनिधि सभा बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै उनले प्रम ओली नसच्चीए सरकार मात्रै नभइ कम्युनिष्टहरु नै समाप्त भएर जाने बताउनु भयो ।
प्रम ओलीको असंवैधानिक कदमलाइ साथ दिएर राष्ट्रपतिले आफुलाइ नेपाली जनताको नभइ ओलीको राष्ट्रपतिको रुपमा उभ्याएको पनि बताउनु भयो । संविधान र लोकतन्त्रको रक्षाकालागि नेपाली काँग्रेसले जस्तो सुकै बलिदान दिन तयार रहेको उहाले बताउनु भयो । भ्रष्टाचारीको मुख हेर्दिन भन्ने प्रम ओली अहिले सबै भन्दा धैरै ऐनसंग रिसाएको पनि उहाँले बताउनु भयो । ‘ओलीले भ्रष्टाचारीको मुख हेर्दिन त भन्नु भो तर ऐनाले हरेक दिन उहाँकै भ्रष्ट मुख देखाइदिएपछि बालुवाटारको एैना जती फुटालीसक्नु भयो । ओलीले पाए भएभरका ऐना उत्पादन गर्ने कम्पनी नै बन्द गरीदिन्थे’नेता खाँणले भन्नु भयो।
काँग्रेस रुपन्देहीका पुर्व सभापती रामचन्द्र ढकाल,संविधानसभा सदस्य इस्तियाक अहमद खान,प्रदेश सांसद रमा अर्याल, जिल्ला सचिव रामकृष्ण खाँण,क्षेत्रीय सभापती मातृका यादव,उपसभापती पुरनप्रसाद श्रेष्ठ,नगरसभापती दिलिप धिताल लगायले बोल्दै संविधान र जनाधिकार रक्षाकालागि काँग्रेसले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
ओली भष्मासुर हुन : नेता शाह
क्षेत्र नं. ५ को सालझण्डीमा भएको बिरोध सभालाइ सम्बोधन गर्दै सार्वजनिक लेखा समिति सभापती समेत रहेका काँग्रेस नेता भरतकुमार शाहले प्रम ओली भ्रष्टाचारमा सबैभन्दा अगाडी रहेको दावी गर्नुभयो । सरकारकै तजविजमा ठुल्ठुला भ्रष्टाचारका घटना भएको र त्यसमा संंलग्नलाइ प्रम ओलीले नै संरक्षण गरेको आरोप नेता शाहले लगाउनु भयो । उहाले ओलीलाइ भस्मासुर भन्दै राष्ट्रपति भण्डारी समेत प्रम ओलीको खल्तीको मान्छे बनेर प्रयोग भइरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभाको संसदिय दलका प्रमुख सचेतक फकरुद्धिन खाँन,क्षेत्रीय सभापती वसिउल्लाख मुसमान,युवा नेताहरु बिष्णु पोख्रेल,लुम्बिीनी सांस्कृतिक नगरपालका सभापती मोहम्मद सहित खाँन लगायतले बोल्नु भएको थियो ।
कम्युनिष्टहरु लोकतन्त्रबादी हुनै सक्दैनन ः सभापती रज्जाक
क्षेत्र नं. १ को धकधहीमा भएको बिरोध सभालाइ सम्बोधन गदै काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले कम्युनिष्टहरु कहिल्यै लोकतन्त्रबादी हुनै नसक्ने बताउनु भयो । ओली सरकारका असंवैधानिक र जनाधिकार बिपरितका कदमले सो कुराको पुष्टि गरेका भन्दै उहाँले संविधानको रक्षा गर्दै जनताको हकअधिकार रक्षा गर्ने जिम्मेबारी काँग्रेसले मात्रै पुरा गर्न सक्ने बताउनु भयो । कार्यक्रममा क्षेत्रीय सभापती हिराबहादुर खत्री,संघीय मामिला तथा प्रदेश समन्वय बिभाग मणीप्रसाद शर्मा, जिल्ला उपसभापती सरीता चौधरी, महासमिति सदस्य गंगा शाही,युवा नेताहरु हरी न्यौपाने,एकबहादुर सुनार,बाशुदेव रिमाल,बिस्वनाथ यादव,तिलोत्तमाका नगरसभापती हरीलाल पाण्डे देवदहका नगरसभापती गुणाखर भुर्तेल,राजेन्द्र यादव, बैजनाथ सहानी,कोपिला एसी,शंकर गिरी लगायतले बोल्दै जनताको अधिकार र संविधान रक्षाकालागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।क्षेत्र नं ४को मझगावामा पनि बिरोध सभा सम्पन्न भयो । संसद बिघटनको बिरोधमा नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रमा बिरोधको कर्याक्रम गरेको हो ।

प्रकाशित मिति : सोमबार, पुष १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij