केपी ओलीविरुद्ध देशभर विरोध प्रदर्शन गर्दै प्रचण्ड-नेपाल समूह

केपी ओलीविरुद्ध देशभर विरोध प्रदर्शन गर्दै प्रचण्ड-नेपाल समूह

काठमाडौं – नेकपाको प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा देशभर विरोध प्रदर्शन गर्दैछ । यही पुस ७ देखि ९ गतेसम्म बसेको उक्त समूहको केन्द्रीय कमिटी बैठकले आज देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय राजधानी काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ । विभिन्न स्थानबाट जुलूस निकाल्दै भृकुटीमण्डमा ११ बजेपछि सभा गर्नेछ । सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस निकाल्ने तयारी गरिएको सो समूहले जनाएको छ ।

देशव्यापी आन्दोलनलाई सफल पार्न स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले विभिन्न ठाउँबाट जुलुसको नेतृत्व गर्नेछन् ।

नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।

नेकपाको प्रंचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी ओलीको यो कदमलाई असंवैधानिक भन्दै आएको छ । प्रधानमन्त्री ओलीले भने असन्तुष्ट मन्त्रीले सरकारबाट राजीनामा दिएपछि मन्त्रिपरिषद्समेत विस्तार गरिसकेका छन् । ओलीको यो कदमपछि नेकपा विभाजित बनेको छ ।

यी हुन् नारा :-

प्रकाशित मिति : मंगलबार, पुष १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij