वैशाखबाट ओलीको पत्तासाफ हुन्छ : प्रचण्ड

वैशाखबाट ओलीको पत्तासाफ हुन्छ : प्रचण्ड

काठमाडौं- सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाखबाट प्रधानमन्त्री केपी शर्मा ओलीको पत्तासाफ हुने बताएका छन् । मंगलबारकाे विराेध सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीको पत्तासाफ निश्चित रहेकाे बताएका हुन् ।

यस्तै उनले मुलुकलाई दुर्घटना गराउने प्रधानमन्त्रीले चुनाव नगराउने दाबी समेत गरे । उनले भने, ‘केपी ओलीलाई यदि कसैले गोटी बनाएको छ भने, मलाई लाग्छ अब नेपालको राजनीतिक इतिहासबाटै उहाँकाे पत्तासाफ हुन्छ । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन् । श्री ३ महाराज हुन्छु भनेर सपना देखेर केही हुँदैन ।’

सडक आन्दोलन निरन्तर रहे प्रतिगमन सच्चिने पनि उनले विश्वास व्यक्त गरे । निर्वाचन भइहाले पनि आफूले जित्छु भनेर ओलीले नसोचे पनि हुने उनको तर्क छ । उनले आफ्नो पक्षमा फैसला गर्नेमा अदालतसँग भराेसा रहेकाे धारणा राखे ।

‘अदालतले ओलीले चालेका असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउँछ भन्नेमा हामी विश्वस्त छाैँ । यद्यपी सडकबाट संघर्ष भने अन्तिमसम्म पनि छाेड्नु हुँदैन । अझै हामीलाई जनतामाथि भरोसा छ’, प्रचण्डले भने ।

प्रकाशित मिति : मंगलबार, पुष १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij