थप ५११ जनामा कोरोना संक्रमण पुष्टि

थप ५११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ हजार एक सय १० पिसिआर परीक्षण गर्दा मुलुकभर थप ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख २६ हजार ४ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै, सक्रिय संक्रमित ६ हजार तीन सय छन्।

६ सय संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ५१ हजार ९ सय १२ जना संक्रमणमुक्त भएका छन्।

कुल संक्रमित २ लाख ६० हजार ५९ जना छन्। बितेको २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १८ सय ४७ जना पुगेको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या तीन सय ६२ छ।

 

प्रकाशित मिति : बुधबार, पुष १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij