कांग्रेस एक्लै सडक संघर्षमा

कांग्रेस एक्लै सडक संघर्षमा

s]Gb|Lo sfo{;ldltsf] a}7s sf7df8f}F, & k'; . g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s s]lG›o sfof{no ;fg]kfdf a:b} . t:jL/M /f]zg ;fksf]6f, /f;;

काठमाडौं – संसद् विघटन निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडक संघर्षमा जाने भएको छ । उसले अरू दलसँग सहकार्य नगरी आफ्नै संगठनको बलमा संघर्षमा जाने निर्णय गरेको हो ।

सरकारको कदमविरुद्ध सँगै आन्दोलनमा जान विभाजित नेकपा (प्रचण्ड-नेपाल) समूहले कांग्रेसको साथ चाहेको थियो । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार एक महिने संघर्षका कार्यक्रम घोषणा गर्दै अझै पनि कांग्रेसलाई पर्खेको बताएका थिए । तर त्यसको भोलिपल्ट आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अरू दलसँग सहकार्य नगरी आफ्नै संगठनको बलमा संघर्षमा जाने निर्णय गर्यो ।

र संघर्षका कार्यक्रमा सार्वजनिक गरेको छ । जसअनुसार पुस २५ गते शनिबार ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रकेन्द्रित विरोध प्रदर्शन र सभा आयोजना गर्नेछ । माघ ३ गते ७ सय ५३ पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार पार्टीभित्र एकमतका साथ प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध आन्दोलनमा जाने निर्णय भएको हो ।

सर्वदलीय बैठक राखेर नेकपाका प्रचण्ड-नेपाल समूह र जसपासँग छलफल गरे पनि अब कांग्रेस एक्लै सडक संघर्षमा जाने उनले बताए । ‘हामीले सर्वदलीय बैठक राखेर साझा धारणा बनाउन खोजेका थियौं,’ प्रवक्ता शर्माले भने- ‘तर कांग्रेसले प्रधानमन्त्री ओलीलाई मात्र नहेरेर सिंगो नेकपालाई हेर्छ । त्यसैले आफ्नै निर्णय, झण्डा, संगठनको बलबुतामा आन्दोलन गर्छ ।’

प्रकाशित मिति : सोमबार, पुष २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij