कोरोना अपडेट : थप ४०९ जनामा पुष्टि, ६ को मृत्यु

कोरोना अपडेट : थप ४०९ जनामा पुष्टि, ६ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४ सय ९ जनामा कोरोना भाइरस(कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कूल संक्रमितको संख्या २ लाख ६३ हजार एक सय ९३ पुगेको छ ।

देशभरका प्रयोगशालामा ६ हजार सात सय ६ जनाको नमुना परीक्षण गर्दा एक सय ४४ महिला र दुई सय ६५ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा चार सय ९५ जना संक्रमण मुक्त भएका छन् । योसंगै कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ५६ हजार एक सय ६१ पुगेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार आठ सय ९९ सय पुगेको छ ।

हाल देशभर पाँच हजार एक सय ३३ सक्रिय संक्रमित छन् । जसमध्ये एक हजार ६ सय आठ जना होम आइसोलेसनमा छन् । एक सय ९७ जनाको आईसीयूमा र ३० जनाको मेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : बुधबार, पुष २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij