राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा आज मुलुकभर पृथ्वी जयन्ती मनाइँदैछ ।
नेपाल एकीकरणका अभियन्ता शाहको एकीकरण गरेर नेपाल निर्माण गरेका थिए । उनको स्मरण गर्दै र सम्मानमा विविध कार्यक्रमहरु आयोजना गरेर प्रत्येक वर्ष पृथ्वी जयन्ती मनाउने गरिन्छ । गोर्खाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे । चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।
भौगोलिक रुपमा खण्डित रहेको मुलुकलाई एकीकरण गरेर सिंगो नेपाल निर्माण गरेकै कारण शाहलाई राष्ट्र निर्माताको उपमासमेत दिइएको हो । पृथ्वी नारायण शाहले सम्पूर्ण नेपालीहरूलाई औँलामाथि उठाएर राष्ट्रिय एकताको सन्देश दिएको सालिक तथा तस्बिरले आम नेपालीहरूलाई हरेक पल एकताको शिक्षा दिइरहेको छ ।
सन् १८५८ देखि १९४७ का बीच उपनिवेश उन्मुख अङ्ग्रेजहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि अङ्ग्रेजको डरले करिब ५ सय ६२ वटा बाइसी।चौबीसी राज्यहरूले अङ्ग्रेजलाई कूत बुझाउँथे । यो परिस्थितिलाई अध्ययन गर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले ब्रिटिस साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग जटिल कूटनीतिक लडाइलाई समेत विजय हासिल गरेको देखिन्छ।
नेपालको एकीकरण गर्ने उद्देश्यबाट नै प्रेरित भई पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालिगड, केही हातहतियार र मुसलमान योद्धाहरू समेत गोर्खामा ल्याएका थिए भन्ने इतिहासमा पढ्न पाइन्छ।
पृथ्वीनारायण शाहले नुवाकोटको पहिलो पराजितपछि दोस्रो पटक वि.सं १८०१ मा कालु पाण्डेको सेनापतित्वमा करिब हजार जना फौजले हमला गरी नुवाकोटमाथि विजय प्राप्त गरे। नुवाकोट गोरखालीहरूको कब्जामा भएकाले नुवाकोटका सिपाहीहरू भागी वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले वेलकोटमा हमला गरे।
पृथ्वीनारायण शाहको काठमाडौं उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसँग विसं १७९९ मा एक मैत्रीपूर्ण सन्धी गरेको पनि इतिहासकारहरूको भनाइ छ । उक्त सन्धीअनुसार दुवै राज्यबीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थियो।
नेपालको एकीकरण गर्न पृथ्वी नारायण शाह काठमाडौं र गोरखा बिचमा पर्ने नुवाकोट भूभागलाई जितेर काठमाडौंमा प्रवेश गरेका थिए। काठ्माडौंको चन्द्रागिरी डाँडाबाट जब काठमाडौंलाई नियालेका थिए। त्यस क्षणमा काठमाडौंको सौन्दर्यताले पृथ्वी नारायण शाहलाई लालायित बनाएको थियो ।
रणनितिका कौशल र कुशल नेतृत्व भएका पृथ्वी नारायण शाहले इन्द्रजात्राको दिन काठमाडौंमाथि विजय हासिल गरे । कुशल रणनीति लगाएर क्रमशः ललितपुर, भक्तपुर, कीर्तिपुर अनि अन्य भूभागहरू जितेका हुन्।
प्रकाशित मिति : सोमबार, पुष २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्