एक व्यक्ति एक सहकारी बैकं संचालकहरुको षडयन्त्र भएको सहकारी अभियान्ताको ठहर

एक व्यक्ति एक सहकारी बैकं संचालकहरुको षडयन्त्र भएको सहकारी अभियान्ताको ठहर

बुटवल –एक व्यक्ति समान प्रकृतिको एक सहकारी भन्दा बढीमा शेयर सदस्य हुन नपाउने भन्ने विषय बैकं संचालकहरुको षडयन्त्र भएकाले त्यस्तो नियम लागु गर्न नहुनेमा सहकारीका विज्ञहरुले औल्याएका छन ।
बदलिदो बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारण सभा र चौथो अधिवेशनमा मंगलवार बुटवलमा वोल्ने सहकारी अभियान्ताहरुले बैकं तथा वित्तिय संस्थाका लगानी कर्ताहरुलाई आर्थिक अभाव हुन थालेपछि र सहकारीले सर्व सुलभ कर्जा प्रदान गर्न थालेकाले अतालियर सहकारीमा सकुचन गर्ने नीति ल्याउन सरकारलाई दवाव दिएको समेत बताएका छन ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका संचालक रामकृष्ण खांणले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु पर्ने र उक्त लगानीवाट उत्पादित वस्तुको सहकारीले नै बजारी करण गर्ने व्यवस्थाउन मिलाउन माग गर्नु भयो । सहकारीले महिलाहरुको सशक्तिकरण र आर्थिक सम्बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउदै खांणले घरेलु हिंसा रोक्नका लागि टेवा पुराएको तर्फ राज्य संचालकहरु गम्भिर हुन माग गर्नु भयो ।
साधारण सभाले अध्यक्ष प्रकाश गैरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामचन्द्र खड्काले प्रस्तुत गर्नु भएको आयव्ययको प्रतिवेदन र लेखा समितिका संयोजक हरि घिमिरेले प्रस्तुत गर्नु भएको लेखा प्रतिवेदन पारित भएको सचिव वसन्ती न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा ५ नम्बर प्रदेश बचत तथा ऋण सहकारीका सचिव बसन्त ढकाल, बुटवल उपमहानगरपालिका सहकारी प्रमुख गुनाखर खनाल नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद वेल्वासे संस्थाका उपाध्यक्ष नर बहादुर रजाली लगायतले सहकारीले शेयर सदस्यहरुको नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुराएको धारणा राख्नु भएको थियो ।
सहकारीको अधिवेशनवाट पुनः प्रकाश गैरेकै अध्यक्षतामा नयां नेतृत्व सर्व सम्मत रुपमा चयन भएको छ ।
सहकारीको उपाध्यक्षमा नर बहादुर रजाली ,सचिवमा वसन्ती न्यौपाने कोषाध्यक्षमा तुल्सीराम पाण्डे चयन हुनु भएको निर्वाचन समितिका डिल बहादुर थापाले बताउनु भयो ।
सहकारीको सदस्यमा यणेश वस्याल, अनिल कुमार पाण्डे सुशिल न्यौपाने, मीना घिमिरे, सत्यवती नेपाल, हरि प्रसाद उपाध्य र रामनारायण श्रेष्ठ चयन हुनु भएको छ ।
त्यस्तै लेखा समिति संयोजकमा टोपलाल घिमिरे,सदस्यमा घनश्याम अर्याल र भूमीमाया राना चयन हुनु भएको छ ।

 

प्रकाशित मिति : मंगलबार, पुष २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij