रुपन्देहीका १६ वटै पालीकामा विरोध सभा

रुपन्देहीका १६ वटै पालीकामा विरोध सभा

प्रम ओलीकै कारण भारतीय पत्रकारले सगरमाथाको गरिमा माथि धावा बोल्ने आँट गरेका हुन :काँग्रेस नेता खाँण

बुटवल-प्रतिनिधिसभा विघटनका विरुद्ध शनिबार नेपाली काँग्रेसले रुपन्देहीका १६ वटै स्थानीय तहमा विरोध सभा सम्पन्न गरेको छ । ती बिरोध सभालाइ केन्द्रिय, जिल्ला,क्षेत्र,नगरका नेताहरुले सम्बोधन गरे ।
नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले मणिग्राममा गरेको बिरोध सभालाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य तथा पुर्वरक्षा मन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री केपि शर्मा ओलीकै कारण पटक पटक बिदेशीले सगरमाथा माथि धावा बोल्ने आँट गरेको बताउनुभयो । सगरमाथाको गरिमा माथि धावा बोल्ने अबसर विदेसीलाइ पटक पटक दिएर प्रम ओलीले राष्ट्रघाती काम गरेको नेता खाँणले दावी गर्नुभयो । उत्तरको छिमेकीलाइ सगरमाथाको उचाइ नाप्न दिएको र दक्षिणको छिमेकीलाइ पत्रकारको आवरणमा सगरमाथाको गरिमा माथि धावा बोल्न हेलीकप्टर चढाएर सगरमाथाकै फेदीमा पुर्याएको आरोप नेता खाँणले लगाउनुभएको हो। ‘प्रधानमन्त्री ओलीले कहिले उचाइ नाप्न चिनीयाहरुलाइ फिता दिएर सगरमाथामा पठाउनु हुन्छ । कहिले भारतीयलाइ आफ्नो इन्टरभ्यु दिने अनि उसैलाइ हेलीकप्टर चढाएर सगरमाथाको फेदीमै पुरयाइदिने गर्नुहुन्छ । ओलीले हेलीकप्टर चढाएर पठाएको भारतीय पत्रकारले फेदीमा पुगपछि त सगरमाथाको नामै बदलीदिन्छु भन्छ’नेता खाँणले भन्नुभयो । संविधानको सपथ खाएको प्रधानमन्त्रीले विदेशी पत्रकारलाइ सगरमाथामाथि धावा बोल्ने अधिकार दिन मिल्छ ? नेता खाँणले प्रश्न गनुभयो ।
सगरमाथाको उचाइ नेपाली बैज्ञानिकहरुले नै नाप्न सक्ने भन्दै उहाले जनशक्ति र बजेट व्यवस्थापन सरकारले गर्न नसके काँग्रेसले गरेर देखाइदिने दावी गनुभयो ।
जबरजस्ती लोकतान्त्रिक संविधानलाइ भत्काएर चिनीया खालको कम्युनिष्ट शासन व्यवस्था ल्याउन ओलीलाइ नेपालका दलहरु बाधक भएकाले असंबैधानिक रुपमा संसद बिघटन गरेको नेता खाँणले बताउनुभयो । कम्युनिष्टहरु लोकतान्त्रीक हुनै नसक्ने भन्दै उनले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाकालागि अव आम नेपली जनताले काँग्रेसलाइ साथ दिनु पर्नेमा जोड दिनुभयो । नेता खाँणले अवपनि कम्युनिष्ट पार्टीलाइ साथ दिनु माघको जाडोमा पातलो टिसर्ट लगाएर हिड्नु जस्तै भएको उल्लेख गनुभयोे ।


कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले ओली सरकार इतिहासकै सबैभन्दा भ्रष्ट र नालायक भएको बताउनुभयो । प्रदेश सांसद रमा अर्यालले प्रम ओलीको संसद बिघटनलाइ राष्ट्रघाती कदम भएको बताउनुभयो । तिलोत्तमा नगर सभापती हरीलाल पाण्डे,रमेश डुम्म्रे लगायतले बोल्दै लोकतन्त्र र जनाधिकार रक्षाकालागि काँग्रेसको बिकल्प नभएको बताउनुभयो ।
 काँग्रेस सैनामैना नगर समितिले मौसमचोकमा गरेको सभालाइ सम्बोधन गर्दै काँग्रेस नेता भरतकुमार शाहले प्रम ओलीले आफ्नो कुर्सी बचाउनकालागि संविधान कुल्चेर संसद बिघटनको निर्णय लिएको बताउनुभयो । बिघटीत संसदको सार्बजनिक लेखा समितिका सभापती समेत रहेका नेता शाहले सर्बोच्च अदालतप्रति काँग्रेसको पुर्ण विश्वास रहेको र अदालतको निर्णयलाइ स्वीकार गरेर अगाडी बढ्ने बताउनुभयो । पार्टीका जिल्ला उपसभापती फणिन्द्र शर्मा,नगरसभापती रामप्रसाद अधिकारी,उपसभापती गुरु पराजुली,गोबिन्द खनाल,कृष्ण पंगेनी लगायतले बोल्दै दुइ तिहाइको कम्युनिष्ट सरकारबाट जनताले महङ्गी, करको मार र निरास बाहेक केही नपाएको भन्दै अबको नेतृत्व काँग्रेसले गर्नु पर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले बुटवलको ट्राफिक चोकमा गरेको बिरोध सभालाइ सम्बोधन गर्दै काँग्रेस नेताहरु महासमिति सदस्य युवराज गिरी,क्षेत्रीय सभापती हरी लम्साल,महासमिति सदस्य रामबहादुर कार्की,बालकुमारी भण्डारी,काजिमान श्रेष्ठ, हरिध्वज मल्ल,नगरसभापती खेलराज पाण्डेले ओली सरकार इतिहासकै सबैभन्दा कलङ्कित, भ्रष्टाचारी र जनबिरोधी भएको दावी गर्नुभयो । काँग्रेसले न्यायालयलाइ सदैब उच्च सम्मान र विस्वास गर्ने भन्दै उनीहरुले संविधानको रक्षा गर्दै शक्ति सन्तुलन गरी देशलाइ उचित निकास दिन काँग्रेसको बिकल्प नभएको बताउनुभयो। कार्यक्रममा युवा नेताहरु पर्शुराम ढकाल, नेबिसंघका केन्द्रिय उपसभापती मुक्ति पौडेल,जमुना ढकाल,बिमलराज भट्टराइ,ज्योती भण्डारी लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस देवदह नगर समितिले गरेको कार्यक्रमलाइ जिल्ला सभापती तथा पुर्व मन्त्री अब्दुल रज्जाक,क्षेत्रीय सभापती हिरा बहादुर खत्री,प्रदेश सांसद रमा अर्याल,नगर सभापती गुणाखर भुर्तेल लगायतले सम्बोधन गर्दै अन्तरिक कलह मिलाउन नसकेर संंबिधानलाइ दाउमा लगाउने कम्युनिष्टहरुबाट देशले निकास पाउन नसक्ने बताए । नेपाली काँग्रेस लुम्बिनी सांस्कृतिक नगर समितिले महिलबारमा गरेको बिरोध सभालाइ नेता भरतकुमार शाह,लुम्बिनी प्रदेश संसदिय दलका प्रमुख सचेतक फकरुद्धिन खाँन,नगरसभापती मोहम्मद सइद खाँन,रम्जान अलिमिया,राजन उपाध्याय लगायतले सम्बोधन गर्दै लोकतन्त्र रक्षाको लागि काँग्रेसले जनताकै माझबाट निकास निकास खोज्ने बताए । बिभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेस गर्ने ४५० जनालाइ नेता भरतकुमार शाह र प्रदेश सांसद फकरुद्धिन खानले टिका लगाएर स्वागत गर्नुभयो ।
सिद्धार्थनगर समितिले भैरहवामा गरेको बिरोध सभालाइ केन्द्रिय सदस्य बालकृष्ण खाँणले सम्बोधन गर्दै कम्युनिष्टहरुको सिद्धान्तनै जनादेश स्वीकार नगरी आफनो पार्टीको नेतालाइ नै मालिक मान्ने रहेको दावी गर्नुभयो। क्षेत्र नं. ३ का क्षेत्रीय सभापती मात्रिका यादव,जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने,महासमिति सदस्य इस्तियाक अहमद खान,जन्नतुन निशा, नगर सभापती दिलिप धिताल,माधवी शर्मा वाग्ले,सोमबहादुर गुरुङ,बिरेन्द्रनाथ श्रीवास्तव लगायतले बोल्दै विधिको शासन कानुनी राज्य र जनतालाइ मालिक नमान्ने कम्युनिष्टहरुलाइ अव जनताले नै पाखा लगाउने बताए ।

 

 

प्रकाशित मिति : शनिबार, माघ ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij