काठमाडौँ । नेपालमा हालसम्म ९८ प्रतिशत कोरोना संक्रमित निको भएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ४ सय ३ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज देशभर ४ हजार ४ सय १३ वटा पिसिआर परिक्षण गर्दा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप ७ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार १ पुगेको छ ।
हाल देशभर रहेका ३ हजार ३ सय १२ सक्रिय सङ्क्रमितमध्ये १ सय ३९ जनाको आइसियु र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, माघ ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्