काठमाडौं – निर्वाचन आयोगले दुवै नेकपालाई छलफलका लागि डाकेको छ । आयोगले शुक्रबार बिहान ११ बजेको लागि दुवै नेकपालाई छलफलमा डाकेको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिएको जानकारीअनुसार नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलाइको छ । ‘अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन भनिएको छ’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘भोलि बिहान छलफल हुन्छ । आयोगले ५/५ जना बोलाएको छ ।’
शुक्रबार खासगरी दुई वटा विषयमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले बताएका छन् । उनले भनेका छन्, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषयमा छलफल हन्छ ।’
गत १२ माघमा आयोगले कुनै पनि नेकपालाई आधिकारिकता नदिने निर्णय गरेको थियो । त्यसपछि दाहाल–नेपाल समूह भने असन्तुष्ट हुँदै पुनः पार्टीको नाम र चुनाव चिह्न दाबी गर्ने बताएको थियो ।
गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि अहिले राष्ट्रिय राजनीति प्रभावित बनेको छ । ओलीले आगामी १७ र २७ बैशाखमा निर्वाचन गर्ने मिती तोकेका छन् ।
प्रकाशित मिति : बिहिबार, माघ १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्