ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको छ:कांग्रेसका केन्द्रिय सदस्य डा.संग्रौला

ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको छ:कांग्रेसका केन्द्रिय सदस्य डा.संग्रौला

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी छन् ।
रिपोर्टर्श क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा शनिवार भएको साक्षत्कार कार्यक्रममा बोल्दै नेता संग्रौलाले सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिने विश्वास समेत व्यक्त गरिन । ‘हामी प्रजातन्त्रमा विस्वास राख्दछौँ । स्वतन्त्र न्यायलयले संविधान बमोचिम, कानून बमोजिम निर्णय लिनेछ ।’–उनले भनिन् ।
संविधान, कानून तथा विधि कुनै कुरा मान्दिन भन्नु सर्वसत्तावाद भएको स्मरण गर्दै कम्युनिष्टहरु पतनको स्थितिमा गइसकेको बताइन् । लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा रहेको उनको भनाई छ । उनले पाँच बर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहडका आधारमा विघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गरिन ।
न्यायपालिकामा भएको बहसलाई ‘वाइयात’ भन्न,े फरक मतलाई होच्चाउने कार्यपालिका प्रमुखको नैतिकता नरहेको उनले बताइन् ।
लोकतान्त्रिक पार्टी निर्वाचनबाट भाग्न नसक्ने भन्दै उनले निर्वाचन विधिसंगत हुनुपर्ने बताइन् ।
साक्षत्कार क्लवका अध्यक्ष रामकुमार क्षेत्रीले अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : शनिबार, माघ १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij