अष्टलक्ष्मी शाक्यसहित ७७ नेता-कार्यकर्ता नियन्त्रणमा

अष्टलक्ष्मी शाक्यसहित ७७ नेता-कार्यकर्ता नियन्त्रणमा

काठमाडौँ – नेकपाको प्रचण्ड-नेपाल समूह्ले आह्वान गरेको आमहड्तालका क्रममा बिहीबार बिहानै दर्जनौं बन्दकर्ता पक्राउ परेका छन् । राजधानीको कलंकी, सामाखुशी, सोह्रखुट्टे, महाराजगञ्ज लगायतका स्थानबाट अहिलेसम्म ७७ बन्दकर्ता पक्राउ परेका हुन् ।

यसैबीच नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि प्रहरी नियन्त्रणमा लिएको छ । हड्ताल सफल बनाउन शाक्यसहितका नेता कार्यकर्ताहरु सडकमा आएका बेला पक्राउ परेका हुन् । उनीहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले जानकारी दिए ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो ।

आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात-व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : बिहिबार, माघ २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij