जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

जनकपुर – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आह्वान गरेको देशव्यापी बन्दको प्रभाव जनकपुरमा पनि उस्तै देखिएको छ ।

त्यहाँ प्रदर्शनका क्रममा प्रहरी र बन्दलाई सफल पार्नको लागि सडकमा उत्रिएका कार्यकर्ताको टोलीबीच झडप नै भएको छ । झडपमा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । नेता झाको टाउकोमा चोट लागेको छ ।

झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक दर्जन राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आन्दोलनकारीले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन् ।

प्रहरीले तोडफोडमा संलग्न दर्जनौं आन्दोलनकारीलाई पक्राउ गरेको छ भने थप सुरक्षा व्यवस्था बढाइएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij