प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसका शुभेच्छुक संस्थाहरुद्धारा बुटवल लगायत देशभर प्रदर्शन

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसका शुभेच्छुक संस्थाहरुद्धारा बुटवल लगायत देशभर प्रदर्शन

बुटवल
प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले आज देशभर प्रदर्शन गरेका छन् ।नेपाली कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अनुसार संघ संस्थाहरु ट्रेड युनियन कांग्रेस, शिक्षक संघ,प्रेस युनियन लगायत १८ शुभेच्छुक संस्थाले सबै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।जस अनुसार रुपन्देहीको बुटवलमा पनि प्रदर्शन भएको हो ।

No description available.

शुभेच्छुक संस्थाका नेता कार्याकर्ताले राजमार्ग चौराहदेखी मिलनचोक सम्म सडकको एकापट्टीको लेनमा मुखमा कालो मास्क र कालो पट्टी बाधेर प्ले कार्ड र व्यानर सहित प्रदर्शन गरेका थिए ।

No description available.प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस,नेकपा प्रचण्ड नेपाल समूह लगायतका दलहरू विरोध प्रदर्शन गर्दै आएका छन् ।

No description available.
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको तेस्रो चरण आन्दोलन गरिरहेको छ ।

May be an image of 6 people, including Shanti Timilsina Sharma, people standing and outdoors
नेपाली कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो ।कांग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै पार्टीको जिल्ला कार्यसमितिको नेतृत्वमा एकैसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरेको छ ।

May be an image of 4 people, people standing and outdoors

No description available.

प्रकाशित मिति : शनिबार, माघ २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij