JanataToday.com

Advertisment

SKIP THIS

यसवर्षको राष्ट्रिय र प्रदेश सहकारी पुरस्कार दाङ जिल्लाका सहकारीलाई

यसवर्षको राष्ट्रिय र प्रदेश सहकारी पुरस्कार दाङ जिल्लाका सहकारीलाई

बुटवल

राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट सहकारीमा यस वर्ष लुम्बिनी प्रदेशको दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ छनौट भई पुरष्कृत भएको छ । त्यस्तै प्रदेश स्तरियमा पनि दाङ जिल्लाकै साना किसान लक्ष्मी सहकारी लक्ष्मीपुर उत्कृष्ट प्रदेश सहकारीका रुपमा छनोट भई पुरष्कृत भएको हो ।

प्रदेश स्त्तरियमा नवलपरासीको सयपत्रि बचत तथा ऋण सहकारी पनि छनौट भई पुरष्कृत भएको छ ।

केन्द्रिय स्त्तरमा उत्कृष्ट सहकारीको पुरस्कार दाङ जिल्ला बचत तथा सहकारी संघका विमल अधिकारीलाई बुधवार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डाईभरटोलमा आयोजित एक समारोहमा नगर प्रमुख बासु देव घिमिरे राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेती र सहकारी विभागका रजिष्टार डा. टोक राज पाण्डेले सम्युक्त रुपमा प्रदान गरेका हुन । त्यस्तै प्रदेश स्त्तरिय पुरस्कार साना किसान लक्ष्मी सहकारीका गोविन्द्र प्रसाद शर्माले ग्रहण गरेका हुन ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकका शाखा मार्फत कारोवार गर्ने अन्र्तगत बुटवल शाखा मातहतका पल्लबी बचत तथा ऋण सहकारी र फूलवारी बचत तथा ऋण सहकारी ,बैकको बर्दघाट शाखा मातहतबाट दाउने देवि बहुउद्देशीय र सिद्धार्थ बहुउद्देशीय सहकारी, बंकको दाङ शाखा मातहतबाट गौरिशंकर बचत तथा ऋण सहकारी र महिला साना किसान सहकारी संस्था तथा बैकको कोहलपुर शाखा मातहतबाट नवकिरण बहुउद्देशीय र नागेश्वरी कृषि सहकारी उत्कृष्ट छनौट भई पुरस्कृत भएको बैंक संचालक माधवलाल देवकोटाले बताए ।
राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष सूचना जारी गरि सहकारीहरुलाई आवेदन फर्म भर्न लगाउने र मापदण्ड पुरा गरि सहकारी मान्यता ऐन नियम पालना गरे नगरेको छानविन गरि उत्कृष्ट ठहर भएकालाई पुरस्कार दिने नियम बैकले बनाएको अर्का संचालक रामकृष्ण खाँणले बताए ।

प्रकाशित मिति : बुधबार, माघ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij