काठमाण्डाै – भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।
निगमले गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ ।
निगमले हिजाे विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत् कायम राखेको छ ।
प्रकाशित मिति : बुधबार, माघ २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्