राष्ट्र निर्माणको अभियानमा अग्रसर हुन प्रधानमन्त्रीको आह्वान

राष्ट्र निर्माणको अभियानमा अग्रसर हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकतावद्ध भएर अग्रसर हुन आह्वान गरेका छन् । सोनाम तथा ग्याल्बो ल्होछारको अवसरका शुभकामना दिँदै प्रधामन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सरकार समृद्ध मुलुक निर्माणको अभियानमा अग्रसर भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो अभियानमा एकतावद्ध भएर लाग्न आम नागरिकलाई आग्रह गरे । ‘ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतन्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा हामी अग्रसर छौँ,’ सन्देशमा भनिएको छ, ‘समृद्घ नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाब्क्षालाई पूरा गर्ने अभियान अघि बढाएका छौँ । राष्ट्र निर्माणको यस अभियानमा एकतावद्ध भएर अग्रसर हुन म सम्पूर्ण जनसमुदायमा आह्वान गर्दछु ।’

विभिन्न संस्कृतिमा आधारित पर्वहरु राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको उनको भनाई छ । ‘संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धि विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ,’ सन्देशमा अगाडि भनिएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij