ढुंगाले हानेर तिलोत्तमामा एक युवकको हत्या

ढुंगाले हानेर तिलोत्तमामा एक युवकको हत्या

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए।

बुधबार खेतमा शव देखेपछि स्थानीयवासीले खबर गर पछि अनुुसन्धान गर्दै जाँदा चौधरीलाई पक्राउ गरियो, प्रहरी उपरीक्षक थापाले भने, “चौधरीले पनि हत्या गरेको स्वीकार गरे ।”

बुधबार राति पिवाहमा साउण्ड सिस्टमको विषयलाई लिएर अशोक र शिवपूजनबीच झगडा भएको थियो । झगडापछि शिव पूजनले अशोकलाई घर जाउ भनी खेतमा ल्याई ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको स्विकारेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए। अभियुक्त चौधरीलाई पक्राउ गरी थुनामा थप अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij