काठमाडौं – सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको विषयमा प्रमाण मागेको छ।
सर्वोच्चले ललिता निवासको १३३ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा प्रधानमन्त्रीद्वयलाई मुद्दा चलाउने/नचलाउने भन्ने विषयमा निर्क्यौल गर्न विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको हो।
अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले प्रमाण झिकाउने आदेश दिएको हो ।
यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुवैलाई नीतिगत निर्णयमात्र गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो।
प्रकाशित मिति : आइतबार, फाल्गुन २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्