दाङ: दाङको लमही नगरपालिकाले वेवसाइट पछि अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।
नगरवासीको सुविधाका लागि नगरपालिकाले आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिए।
नगरका सूचना तथा जानकारी, बोलपत्र, दरभाउपत्र, पारित कानून, कार्यविधि, निर्णय, गर्ने सम्पूर्ण कार्य हेर्न सकिने गरी वेबसाइट निर्माण गरिएको नगरपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।
सूचनालाई अपाङ्गमैत्रीपूर्ण बनाउन निम्न श्रव्य सूचनापाटीसमेत सञ्चालनमा ल्याइएको छ भन्दै उनले नमस्तेको सिम प्रयोगकर्ताले १६१८०८२५४०८५० नम्बर डायल गरेर नगरपालिकाका सूचना तथा जानकारी पाउन र सुन्न सक्नाका साथै टोल फ्री नं १६६०८२५४००० (नमस्ते सिमप्रयोग कर्ताका लागि मात्र) डायल गरी गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको बताए।
प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्