प्रचण्ड-नेपाल समूहले बोलायो संसदीय दलको बैठक

प्रचण्ड-नेपाल समूहले बोलायो संसदीय दलको बैठक

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपा प्रचण्ड-नेपालसमूहले संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्चको फैसलापछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको हो ।

सो समूहका नेता योगेश भट्टराईका अनुसार बैठक अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ । बैठकले संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने उनले बताए ।

प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष तथा संसदीय दलको नेताबाट हटाउँदै यो समूहले यसअघि नै प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij