JanataToday.com

Advertisment

SKIP THIS

युवा उद्यमशीलता बहुउद्देसीय सहकारीको प्रारम्भिक साधारण सभा

युवा उद्यमशीलता बहुउद्देसीय सहकारीको प्रारम्भिक साधारण सभा

बुटवल-युवा उद्यमशीलता बहुउद्देसीय सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । सभाले आगामी कार्यकालका लागि ऋषिराम भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मिनादेवी सापकोटा, सचिव सुमन सापकोटा, सह–सचिवमा श्याम बस्याल, कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य, सदस्यहरुमा धर्मराज जैसी, सुवास डंगोल, मन्जु श्रेष्ठ प्रधान, लक्ष्मी न्यौपाने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत मिना भट्टराई ढकालले बताएकी छन् ।
यस्तै साधारण सभाबाट लेखा समिति संयोजकमा गोविन्द ज्ञवाली र सदस्यहरुमा मित्रलाल भुसाल र केशव ज्ञवाली निर्विरोध निर्वाचित भएको पनि निर्वाचन अधिकृत ढकालले जानकारी गराएकी छन् । सो साधारण सभाको उद्घाटन गर्दै प्रदेश सरकार, भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका रजिष्ट्रार श्रीधर ज्ञवालीले सहकारीले राष्ट्र निर्माणमा खेल्नु पर्ने भुमिकाका बारेमा चर्चा गरेका थिए ।
सहकारीले आयमुलक क्षेत्रमा मात्र लगानी नगरि उत्पादनमुलक र रोजगारीमुलक क्षेत्रमा लगानी बढाउन सकेमा राष्ट्रको समृद्धिमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्दै रजिष्ट्रार ज्ञवालीले सहकारीहरुले आफ्ना सदस्यहरुको आर्थिक उन्नतीका साथै उनिहरुको हकहितमा कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष ऋषिराम भुषालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बुटवल उपमहानगरपालीका वडा नम्बर ३ का का.वा. वडाध्यक्ष चिनबहादुर गुरुङ्ग, मेचीकाली दैनिकका प्रधान सम्पादक बसन्त खनाल, सहकारीका सचिव सुमन सापकोटा, सदस्य मन्जु श्रेष्ठ प्रधान, शेयर सदस्यहरु बसन्ती भुसाल लगाएतले सहकारीले समाज बिकासमा खेल्नुपर्ने भुमिकाका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij