दाङ । घर सिंगारिएको थियो । दुलही भित्र्याउने तयारीका लागि सजिसजाउ थियो घर वरिपरिको वातावरण । गाउँभर बिहेको उत्सव थियो । तर त्यो उत्सव क्षणभरमा शोकमा परिणत भयो ।
बिहीबार बिहानै दाङमा भएको दुर्घटनामा परि चितवनबाट दुलही ल्याएर बाँकेको राप्तीसोनारी गाउँपालिका ओभरीस्थित गाउँतर्फ फर्कदै गर्दा दुलाहाका बाबु आमा र आफन्तसहित ६ जनाको मृत्यु भयो ।
बिहेको उत्सवमा रम्नुपर्ने ओभरी गाउँ दुलहाका बाबु आमासहित ६ जनाको मृत्युको खबरले शोकमग्न छ ।
शिक्षक केसीले आफ्नो कान्छो छोरा यज्ञबहादुर केसीको बिहेको लागि गाउँभर निम्ता बाँडेका थिए। ‘उहाँहरु बुढाबुढी नै बैश्णव हुनुहुन्थ्यो,’ छिमेकी ६२ वर्षीय प्रजित विष्टले भने, ‘सायद दैवले पनि असल मान्छेलाई छिट्टै लैजान्छ क्यारे, उहाँहरूको आत्माले बैकुण्ठमा बास पावस्।’
दुलाहाका बाबु अर्थात ५३ वर्षीय मानबहादुर केसी राप्ती सोनारी गाउँपालिका वडा नं. ८ स्थित शिव शक्ति मावि तेरानीका शिक्षकसमेत हुन्।
बिहेको उल्लासमा रमाईरहेका आफन्त, पाहुना र छरछिमेक आँशुको आहालमा डुवेको विष्टले बताए। ‘विहेमा बज्नुपर्ने गीत संगीत र बाजाको ठाउँमा उल्टो शंख फूक्नुपर्ने यो कस्तो कारूणिक घटना भयो,’ विष्टले भने। उनले समशेरगन्जका बजार, विद्यालय सबै शोकमा बन्द भएको जानकारी दिए।
‘ओभरी गाउँमा आज सन्नाटा छाएको छ,’ अध्यक्ष बस्नेतले भने, ‘ गाउँलेहरू आपसमा बोल्नै नसक्ने अवस्था छ। एकले अर्काको मुखमा हेर्ने र आँशु बगाउने बाहेक यहाँ केही छैन।’
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम चौधरीले गाउँलेलाई भेटेर सान्तवना दिएका छन् ।
आजै अन्तिम संस्कार गर्ने गरि तयारी भइरहेको उनले जानकारी दिए।
यो पनि
प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्