दाङ । तुलसीपुरको एक जुत्ता चप्पल पसलमा आगलागी भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित रतननाथ टोलको अन्नपूर्ण ट्रेडर्स जुत्ता चप्पलको होलसेल पसलमा आगलागी भएको छ ।
शुक्रवार विहान साढे ५ बजेदेखि आगो लागेको स्थानीयले बताएका छन् । आगो लाग्नुको कारण थाहाँ नभएपनि विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ । तुलसीपुर उपमहानगरपालिकाको एउटा दमकल , स्काभेटरको प्रयोगले आगो निभाउन प्रयास भइरहेको पनि त्यो सार्थक भने हुन सकेको छैन ।
एउटा मात्रै दमकल हुन र त्यसको पानी पु¥याउन नसक्नुले आगो निभाउन नसकिएको स्थानीयले बताएका छन् ।
यसैबीच घोराही उपमहानगरपालिकाको दमकल समेत साहेतको लागि तुलसीपुर आउन लागेको जानकारी दिइएको छ ।
बाक्लो घरहरु रहेको हुँदा आसपासका घरहरुमा समेत आगो फैलन नपावस भनेर प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्