दाङमा भीषण आगलागी, एकैघरका तीन बालबालिकाको मृत्यु

दाङमा भीषण आगलागी, एकैघरका तीन बालबालिकाको मृत्यु

दाङ : दाङमा आगलागीमा परि एकै घरका ३ जनाको मृत्यु भएको छ।

फुसले छाएको घरमा आगलागी हुँदा बंगलाचुली गाउँपालिका ८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

विहीबार राति ८ बजेतिर सोलारको ब्याट्रि पड्किएर घरमा आगलागी हुँदा पुनका ७ वर्षीय छोरा कृष्णकुमार पुन, ५ वर्षीया छोरी अस्मिता पुन र दुई वर्षीया छोरी अञ्जु पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले दिए।

पुनको एक बर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नबराज र उनकी श्रीमती झारफुक गराउन गाउँ गएको बेला ब्याट्रिपड्किएर आगलागी भएको प्रहरीले बताएको छ।

आगलागी पश्चात प्रहरी चौकी हाँसिपुर र स्थानीयको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको हो। साथै आगलागीबाट घरमा रहेका सातवटा गाई र चारवटा बाख्रा समेत जलेर नष्ट भएका छन्।

प्रकाशित मिति : शुक्रबार, मंसिर २८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij