समुदाय–प्रहरी साझेदारी : सातसय चालीस स्थानीय तहसँग समझदारी

समुदाय–प्रहरी साझेदारी : सातसय चालीस स्थानीय तहसँग समझदारी

काठमाडौँ : समाजमा शान्तिसुरक्षा स्थापनार्थ नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालनका लागि अहिलेसम्म देशका ७४० स्थानीय तहसँग समझदारी गरेको छ ।

नेपालका कूल ७५३ स्थानीय तहमध्ये १३ स्थानीय तहसँग समझदारी हुनेक्रममा रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले अहिलेसम्म उक्त अभियानअन्तर्गत ६७ वटा जिल्ला समिति, ६०२ पालिका समिति, एक हजार ८९० वडा समिति, ५९३ टोल समिति र एक हजार ५२५ विद्यालय समिति गरी कूल चार हजार ६७७ वटा समिति गठन भइसकेको बताए ।

सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, सामुदायिक शिक्षा, जनचेतना, अपराध नियन्त्रण गर्न साझा संयन्त्रका रुपमा उक्त कार्यक्रम ल्याइएको हो । कार्यक्रमअन्तर्गत हालसम्म १० हजारभन्दा बढी प्रहरीलाई प्रशिक्षण दिएर समुदायमा परिचालन गरिएको छ ।

प्रहरीले ३३ हजार बढी सामुदायिक कार्यक्रम आयोजना गरी सचेतना जगाएको जनाएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम कात्तिक ११ गते नेपालभर एकैसाथ शुभारम्भ गरिएको थियो । कार्यक्रमले प्रहरी र समुदायप्रतिको सम्बन्ध विश्वसनीय बन्दै गएको निष्कर्ष प्रहरी प्रधान कार्यालयको छ ।

सामुदाय र विद्यालय सम्पर्क कार्यक्रममा स्तरीयता कायम गर्न प्रहरी साझेदारी अवधारणाअन्तर्गत पाठ्यक्रम विकास उपसमितिले सामुदायिक कार्यक्रम कार्यविधि निर्माण गरिरहेको जनाइएको छ ।

अभियानमा ७५३ स्थानीय तह, १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न हुने प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरी उक्त समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको हो । रासस

प्रकाशित मिति : शुक्रबार, मंसिर २८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij