बुटवल
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ । बुधबार साँझ एक समारोहका बिच नवनिर्वाचित अध्यक्ष पदाधिकारी सहित कार्यसमिति सदस्यहरुलाई पदस्थापना गराईएको हो ।
संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट अध्यक्षमा उज्ज्वलप्रसाद कसजु, वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिवमा बिमलराज भट्टराई, कोषाध्यक्षमा नविनप्रसाद श्रेष्ठ र सचिवमा मुक्ति अधिकारी निर्वाचित हुनु भएका थिए ।
त्यस्तैगरी एशोसियट सदस्यमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल तथा ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्वाचित हुनु भएका थिए । त्यस्तैगरी ७ खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, कृष्ण श्रेष्ठ, मोह्मद जमिल खान, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ तथा दुई महिला सदस्यमा जमुना पौडेल र मीना प्रधान निर्वाचित हुनु भएका थिए ।
नवनिर्वाचित कार्यसमितिको पदस्थापनाको लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमको आतिथ्यतामा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त संघका कानुनी परामर्श दाता बाबुराम पाण्डेले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नुको साथै अध्यक्ष कसजुलाई सपथ ग्रहण गराएका थिए भने नवनिर्वाचित अध्यक्षले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराएका थिए ।
त्यस अवसरमा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गौतमले मुलुकको अर्थतन्तन्त्रको सुदृढीकरणको लागि सरकार निजी क्षेत्रसंग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताए। त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले औद्योगिक बिकासको लागि निजी क्षेत्रले सुरक्षित लगानीको वातावरण खोज्नु स्वभाविक भएको बताउँदै त्यसमा प्रशासनको तर्फबाट आफूले वातावरण बिग्रिन नदिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कसजुले सबैलाई समेटेर कार्ययोजना तयार गरी त्यसका आधारमा संघका गतिबिधिलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै निवर्तमान अध्यक्ष खिमबहादुर हमालले आफ्नो कार्यकालमा उद्योगी व्यबसायीका व्यबसायिक समस्या समाधानको लागि पहल पैरवी गर्दै कृषि सहितका तीन वटा मेला, दशैं बजार सञ्चालन गर्न सफल भएको र कृषिमा आधारित बहुउद्देश्यीय व्यबसायिक भवन निर्माणको लागि बुटवल १५ मा ७ कठ्ठा जग्गा खरिद समेत गरिएको जानकारी गराउँदै नवनिर्वाचित टिमले अगाडि सारेका काममा आफ्नो पूर्ण साथ रहेने र अधुरा कामलाई निरन्तरता दिन समेत आग्रह गरे ।
त्यस अवसरमा संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, रामेश्वरप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महासचिव बिमलराज भट्टराईले गरेका थिए ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्