काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेलामा जानेलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार बिहान ११ बजे सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पार्टीबाहेक अरुले बोलाएको भेलामा नजान सांसदहरुलाई निर्देशनसमेत दिएको छ । गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । ‘पार्टी निर्णय नमानेमा विधानअनुसार, स्पष्टीकरण र कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, बैठकपछि नेता शेरबहादुर तामाङले जानकारी दिए ।
यस्तै आजको बैठकले संसदीय बोर्ड गठन गरेको छ । २७ सदस्यीय बोर्डमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ भने बैठकले संसदीय दलको विधान संशोधन गर्नको लागि तीन सदस्यीय कार्यदलसमेत बनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्