काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीका चार नेतालाई स्पष्टीकरण पत्र पठाएको छ । शनिवारको केन्द्रीय कमिटीको निर्देशनअनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई घरमै पुगेर स्पष्टीकरण पत्र दिइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।
तीन दिनभित्र पार्टी कार्यालयमा आइपुग्ने गरी जवाफ पेस गर्न निर्देशन दिइएको रिजालले जानकारी दिनुभयो । गुटबन्दी गरेर पार्टीलाई कमजोर बनाएको, नेतृत्वविरुद्ध जथाभाबी गरेको र बैठकमा उपस्थित नभएको भन्दै गएको शनिवार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
माधव नेपालसहितका नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा स्पष्टीकरण सोध्ने निर्णयलाई हास्यास्पद भनेका छन् । मनलाग्दी गर्ने, पार्टीलाई व्यक्तिगत सम्पत्ति जस्तो दुरुपयोग गर्ने, गुट चलाउने र आफै स्पष्टीकरण सोधेर ओलीले एमालेलाई झन् कमजोर बनाएको नेपाल पक्षीय नेताहरूको प्रतिक्रिया छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्