काठमाडौं – नेकपा एमालेका दुईवटा समूह केपी शर्मा ओली र माधवकुमार नेपालले आज दुईवटा कमिटीका छुट्टाछुट्टै बैठक बोलाएका छन् । पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता ओलीले आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि दलको बैठक बोलाएका छन ।
बैठकमा विभिन्न तीनवटा एजेण्डामा छलफल हुने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । पहिलो विकास निर्माणका योजना कसरी समेट्ने, दोस्रो चालु प्रतिनिधिसभा बैठकको अधिवेशन कसरी प्रभावकारी बनाउने र तेस्रो दललाई एक ढिक्का बनाएर कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।
त्यसैगरि नेकपा एमालेकै अर्को समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि आज बिहान ११ बजे केन्द्रीय सदस्यहरुको बैठक बोलाउनुभएको छ । नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध कसरी अघि बढ्ने र नेकपा एमालेको एकता जोगाउन कसरी जाने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
नेपाल समूहले यसअघि ओलीले बोलाएका केन्द्रीय कमिटी र संसदीय दलका बैठकहरु बहिष्कार गर्दै आएको छ । नेपाल समूहले बैठक बहिष्कार गर्दै छुट्टै गतिविधि गर्न थालेपछि ओली समूहले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे र उपमहासचिव घनश्याम भुसाललाई स्पष्टिकरण सोधेको थियो ।
तीन दिनको म्याद राखेर स्पष्टिकरण सोधिएकोमा वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीलाई १३ वटा प्रश्नसहित स्पष्टिकरण बुझाएका छन ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्