एमाले–माओवादी ब्युँताउने फैसलामाथि पुनरावलोकन नहुने

एमाले–माओवादी ब्युँताउने फैसलामाथि पुनरावलोकन नहुने

काठमाडौं – नेपाल कम्युष्टि पार्टी (नेकपा)लाई पूर्ववत् अवस्थामै फर्काइदिने फैसलामाथि पुनरावलोकन नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा दिएको पुनरावलोकनसम्बन्धी मुद्दामा अनुमति नहुने आदेश दिइएको हो ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले मकालु खबरलाई दिएको जानकारीअनुसार सर्वोच्चले पुनरावलोकन नगर्ने बताएको हो । ‘नहुने कुरा भएको छ,’ प्रवक्ता ढकालले भनेका छन्, ‘यसबारे विस्तृत पछि थाहा हुन्छ ।’

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा नाम ऋषि कट्टेललाई दिँदै साविकको नेकपालाई पूर्ववत् अवस्थामा पुर्याइदिएको थियो । त्यसपछि माओवादी केन्द्रले उक्त फैसलामाथि पुनरावलोकनका लागि निवेदन दिएको थियो । जसमाथि बिहीबार सुनुवाइ हुँदै पुनरावलोकन नहुने भएको हो ।

प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij